झापा । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार मृतक जिल्ला झापा दमक नगरपालिका वडा नं.-१ सरस्वती टोल बस्ने बर्ष ५३ को मोहन रामदाम (बि.क.) रहेको पुष्टि भएको छ ।

बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका-७ स्थित रतुवा पुल छेउमा उक्त शवमा फेला परेको थियो । खोलाले बगाएर ल्याएको शव फेला परेपछि इलाका प्रहरी कार्यालय दमकको टोली तत्काल घटनास्थल पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आवश्यक छानबिन पश्चात् मिर्तक रामदामको शवलाई पोस्ट मार्टम को लागि अस्पताल लगिन लागेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार