हल्दीबारी गाउँपालिकाको १५ औं गाउँ सभाले पारित गरेको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम वमोजिम हल्दीबारी गाउँपालिका भित्रका प्रत्येक घरधुरीहरुलाई १० हजार लिटर नि:शुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वयन हुने भएको छ ।

गाउँ सभाबाट नि:शुल्क १० हजार लिटर खानेपानी उपलब्ध गराउने निर्णय भएको ११ महिना बितेर १२ महिना लागिसक्बिदा पनि जलथल खानेपानी अन्तर्गतका उपभोक्ताहरुले खानेपानीको महसुल बुझाउनु परिरहेको बाध्यात्मक अवस्थामा नेकपा एमालेको पहलकदमीमा आज गाउँपालिका र खानेपानी बिच सम्झौता भएको छ ।

हल्दीबारी गाउँपालिका कार्यालय, नेकपा एमालेका स्थानीय नेताहरू र खानेपानी समिति बीच भएको त्रिपक्षीय बार्ता वमोजिम गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश गरिएको १० हजार लिटर खानेपानी उपभोक्ताहरुलाई नि:शुल्क उपलब्ध गराउने सहमति भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य सागर पोर्तेलले जानकारी दिए ।

गाउँपालिका कार्यालयमा भएको त्रिपक्षीय बार्तामा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन , वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापा त्यस्तै  नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सन्तलाल मेचे, जिल्ला कमिटी सदस्यहरु सागर पोर्तेल, हरी गौतम, गाउँ कमिटी सचिव हरिकृष्ण अधिकारी सहभागी थिए भने र जलथल खानेपानीको तर्फबाट अध्यक्ष केदार उप्रेती सहभागी थिए ।

गाउँपालिकाको तर्फबाट प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र ) र जलथल खानेपानी उपभोक्ता समितिको तर्फबाट केदार उप्रेतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छ्न ।

नेकपा एमाले जनताको पार्टी भएकोले जनताहरुको खानेपानीको समस्या समाधान गर्न एमालेले पहलकदमी गरेको प्रदेश कमिटी सदस्य सन्तलाल मेचेले बताए ।

गाउँपालिका र खानेपानी बिच लिखित सम्झौता भएपछि खानेपानी उपभोक्ता समितिले उपभोक्ताबाट लिएको  १० हजार लिटर बराबरको रुपैया फिर्ता गर्नु पर्ने एक उपभोक्ताले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
4
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार