झापाको झापा गाउँपालिकाले  आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई निरंतरता दिदै  जनमुखी  बजेट ल्याएको छ ।

गाउँपालिकाले यस बर्षको बजेट मार्फत  नागरिकहरुको जन-चाहाना अनुसार अध्यक्ष जयनारायण शाहले  गत बर्षहरुमा गरिएका कार्यक्रमलाई निरन्तरता दिदै   गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहाक अध्यक्ष अन्जुदेवी थपलियाले ४९ करोड ४३ लाख ५ हजार बराबरको नीति तथा कार्यक्रम मार्फत बजेट पस्तुत गर्नु भएको छ ।

झापा जिल्लामै बिकास निर्माण अगाडि देखिएको झापा गाउँपालिकाले यस बर्षको बजेटमा  प्रत्येक वडामा एक कालोपत्रे सडक निर्माण गर्ने , मृत्यु संस्कार तथा संमवेदना बापत प्रदान गरिदै आएको रु १७ हजार बाट ३ हजार वृद्धि गरि रु २० हजार दिने उल्लेख छ ।

त्यस्तै सिचाई विधुत महसुलमा ६०% बाट २०% वृद्धि गरि ८०% पालिकाले भुक्तानि गर्ने , स्थाईरुपमा बसोबास गरेका घर परिवारले खपत गर्ने ५० युनिट भन्दा कमको महशुल पालिकाले तिरिद्ने जस्ता महत्त्वपूर्ण कुरा बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रसुतिको वखत अस्पाल जाँदा आउँदा एम्बुलेन्स प्रयोग गरे वापतको  सम्पुर्ण भाडा पालिकाले उपलव्ध गराउने , सुत्केरी स्याहार भत्ता बापत ३ हजारमा १ हजार वृद्धि गरि ४ हजार  रुपैयाँ गाउँपालिकाले भुक्तानि गरिदिने  समेत नीति तथा कार्यक्रम मार्फत बजेटमा उल्लेख छ ।

गाउँपालिकाले कक्षा ११/१२ सम्म सामुदायिक विद्यालयमा अध्यन  गर्ने   सम्पुर्ण विद्यार्थीहरुलाई निशुल्क  पढ्ने व्यवस्थालाई निरन्तरता दिएको छ भने कक्षा ९ मा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुलाई साइकल उपलव्ध पालिकाले गराउने समेत नीति तथा कार्यक्रममा  उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले निरन्तरता दिनु भएको छ ।

त्यतै सर्पदंशको समपुर्ण उपचार खर्च पालिकाले उपलव्ध गराउने , कुकुरको टोकाईबाट हुने रेविजविरुद्धको उपचार खर्च पालिकाले  उपलव्ध गराउने , बिरामिलाई रगतको आवश्यक्ता परेको खण्डमा रगत व्यवस्थापनमा लाग्ने सम्पुर्ण खर्च पालिकाले उपल्व्ध गराउने जस्ता जनमुखी कार्यक्रमलाई  निरन्तरता दिएको छ ।

त्यसैगरी  किषानलाई मध्यनजर गर्दै कृषि औजार मोटर लगायतमा ५०% अनुदान प्रदान गर्ने , पालिकाले दमकलको व्यवस्थापन गर्ने , माई बिरिङ्घमा तटवन्धनको व्यवस्था ,

किसानको खेत खेतमा  कृषिको लागि विद्युतको ब्यबस्थापन गरिने जस्ता महत्त्वपूर्ण एवं जनमुखी कार्यक्रम निति तथा कार्यक्रम मार्फत बजेटमा उल्लेख छ ।

प्रत्येक वडालाई ४५ लाख बराबरको   सिलिङ बजेट छुट्टाएको  झापा गाउँपालिका  बेरुजु न्यूनीकरणमा झापाकै कम बेरुजु हुने पालिकामा पहिलो नम्बरमा रहेको छ ।  अबको २ बर्ष भित्रमा पालिका भित्रका सबै महत्त्वपूर्ण बाटोहरु कालोपत्र गरि सक्ने गरि काम गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया बताउनु हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार