झापाको भद्रपुर नगरपालीकामा सिक्कल प्रहारबाट एकजना बुद्धा महिलाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. २ डिगाँउ बस्ने बर्ष ७० की गौरीमाया तामाङलाई त्यही ठाउँ बस्ने राजेश तामाङले आज शुक्रबार ३: ३० बजेको समयमा निजकै घरमा गई धारिलो हतियार सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या गरि फरार तामाङलाई प्रहरीले लुकिछिपि वसेको अवस्थामा पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक बुद्धा महिलाको शवको अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार