(फाइल तस्विर) झापाको कमल गाउँपालिका वडा नम्बर ५ सावित्रा चोक स्थित पुर्व पश्चिम लोकमार्गमा केर्खाबाट दमक तर्फ आउदै गरेको प्र.१-०१-०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दे गरेको कुकुरलाई ठक्कर दिई दुर्घटना हुँदा नवीन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक आचार्यको उपचारको क्रममा बिएण्सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ भने मोटरसाइकल पदम बहादुर पौडेलको निम्स अस्पताल दमकमा उपचार भइ रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको मोटरसाइकल असार १४ गते ७:३० को समयमा कुकुर सग ठोकिएर दुर्घटना भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार