हल्दिबारी । लाइन्स क्लव अफ भद्रपुरको अध्यक्षमा उत्तम कुमार राजवंशी चयन हुनु भएको छ । भद्रपुर ४ निवासी राजवंशी युवा ब्यवसायी एवं सक्रिय समाजसेवी समेत हुन उनि सन् २०२४÷२५ को लागि अध्यक्षमा चयन हुनु भएको थियो । उनलाई एक कार्यक्रमका बिच निबर्तमान अध्यक्ष सर्मिला अधिकारीले ब्याज बितरण गर्दै पद हस्तान्तरण गर्नु भएको थियो ।

त्यसै गरि प्रथम उपाध्यक्षमा उर्मिला गौतम, दितिय उपाध्यक्ष अनिता रिजाल, सचिव गोमा पौडेल घिमिरे र कोषाध्यक्षको रुपमा अनिता राजवंशी सर्वसम्मत चयन भएको लाइन्स क्लबले जनाएको छ ।

क्लवका डाइरेक्टर (MGF) यम बहादुर श्रेष्ठको उपस्थितिमा हिजाे सोमबार रावंशीले पदभार ग्रहण गर्नु भएको थियो । कार्यक्रम पश्चात लाइन्स क्लबको आयोजनामा मन्त्रिचोक उत्तर बन्न लागेको राजवंशी संग्रालयको हाता भित्र बृक्षारोपण समेत गरेको थियो । उत्त अवसरमा लियाे क्लव भद्रपुरका भाइ बहिनीहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार