भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको ५ दिने उद्घोषण, भाषणकला तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।

समूहमा आबद्ध सदस्य लक्षित गरेर सञ्चालन गरिएको ५ दिने तालिम समितिको कार्यालयमा सम्पन्न गरेको हो । अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा डिभिजन वन कार्यालय प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा १८ जनाले प्रशिक्षण लिएका थिए ।

स्वागत कोषाध्यक्ष अनुज खतिवडाले गरेको कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु खतिवडा अधिकारीले गरेकी थिइन् भने मन्तव्य प्रशिक्षक केशव भट्टराई, प्रशिक्षार्थी एकबहादुर भुजेल, विना प्याकुरेल र दीपक खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार