कोरोना भाईरस संक्रमण रोकथामका लागि लकडाउन जारी छ । आज सम्म ५९ नेपालमा संक्रमित रहेका छन । १६ जना निको भएका छन् । भारतमा तिव्र गतिमा संक्रमण वढीरहेको छ । नेपालको वैदेशीक व्यापारको ठुलो हिस्सा भारतसंग रहेको कारणले समेत नेपालको लकडाउन कहिले सम्म भन्नेकुरा भारतले अख्तियार गर्ने नितिमा धेरैहद सम्म निर्भर रहन्छ । भाईरसको नियन्त्रण कहिले सम्ममा आउला ? विज्ञहरुलाई समेत अनुमान लगाउन गाह्रो छ ।

सरकारले लकडाउनमा समेत आवश्यक सामाजिक दुरी र स्वास्थ्य सर्तकता अपनायर लकडाउन खुकुलो वनाउने रणनिति तयार गर्दैछ । स्थानिय सरकारले पनि सोही अनुसारको पुर्वतयारी गर्न आवश्यक छ । लकडाउन गरेर मात्र माहामारीलाई नियन्त्रण गर्न सकिएला ? लकडाउनलाई अन्तर्राष्ट्रीय अभ्यास र विषयगत विशेसज्ञको सुझावमा क्रमश खास खास क्षेत्रमा खुकुलो वनाउदै लैजानु पर्दछ । समयमा वुद्धि नपु¥याए महामारीको संकट संगै भोकमारी र चरम आर्थिक संकट समेत सिर्जना हुनेछ । नेपालमा मुख्यतया कोरोनाले गर्दा पर्यटन, यातायात र वैदेशिक रोजगारीको क्षेत्रमा प्रत्यक्ष असर दिर्घकाल सम्ममा देखिने छ । अल्पकालमा अन्य धेरैक्षेत्र पर्ने छन ।

एकतिर राज्यको आयश्रोतमा संकुचन आउने छ । आर्को तर्फ राज्यको सामाजिक दायित्व वढेर जाने छ । यस्तो अवस्थामा राज्यझन कमजोर भएर जाने छ । उपलव्ध श्रोत साधनको दक्षतापुर्ण उपयोग र वुद्धिमत्तापुर्ण जिम्वेवारी निर्वाह सवैतहका सरकार लगायत निजीक्षेत्रले नगर्ने हो भने यो संकटले झन झन महासंकट निम्त्याउने छ । तथापी यो संकटलाई नकारात्मकरुपमा प्रस्तुत भयर होइन सकारात्मकरुपमा हामीले लिनुको विकल्प छैन । हाम्रो समाजीक र राजनैतिक चरित्रनै नकारात्मक दिसामा उन्मुख रहेकोले संकटलाई अवसरको रुपमा लिइन खोजिन्छ वा स्वार्थ सिद्धगर्ने माध्यमको रुपमा मात्र प्रयोग गरिन्छ ।

यो भविष्यले वताउला तर आज स्थानिय निकायले कसरी यसलाई अवसरको रुपमा उपयोग गर्न सक्तछ । स्थानिय सरकार बारे बुझाई कस्तो प्रकितिहो स्थानिय सरकार ? आम मानिसको वुझाई खास गरि स्थानिय निकायका प्रतिनिथिहरुकै वुझाईमा स्थानिय सरकार पन्चायत वा वहुदलीय व्यवस्था पछिको स्थानिय निकाय जस्तो वुझाई रहेको पाईएको छ । सायद त्यहि भएर हो वा आफुले गरेको काम सार्वजनिक गर्न नसकेर स्थानिय सरकार विगतमा रेडक्रस लगायत अन्य परोपकारी संघ संस्थाले गर्दै आएको राहात वितरण भन्दा माथी उल्लेख्य केहि गरे जस्तो नागरिकले अनुभुति गर्न सकेका छैन्न । यहिनेर कमजोरी छ । स्थानिय सरकार अधिकार र कर्तव्यको लेखाजोखा सहित संम्वैधानिक हैसियतको सरकार हो । जुन सरकारले आफ्नो अधिकार क्षेत्रमा संघिय र प्रदेश सरकारले वनायको कानुनमा नवाझीने गरि सवै किसीमका शासकिय अधिकार प्रयोग गर्न सक्ने सरकार हो ।

अझ यस्तो विशेश परिस्थितिमा आफ्राक्षेत्रमा वसोवास गर्ने नागरिकको स्वास्थ,सुरक्षा र आर्थिक क्रियाकलाप नियमन गर्न,सुचारु गर्न कुनै समस्या छैन । तर हालको अवस्थामा दैनिकि सामन्य गर्दै जान संम्वन्धित क्षेत्रका विषयगत विशेसज्ञको सुझाव र सोहि अनुसारको पुर्वतयारी भने आवश्यक छ । त्यहि कारण स्थानिय सरकार मतहातका निजामति शैक्षीक लगायका जनसक्ती ,उपलव्ध श्रोत साधनको प्रयोग गरि कोभिड..१९ माहामारी नियन्त्रण प्रतिकार्य योजना तयार गरि योजना अनुसार क्रमश, लकडाउन खुकुलो वनाउदै ल्रैजान सकिन्छ । त्यो स्थानिय सरकारको कर्तव्य र समय क्रमले ल्यायको अवसर पनि हो । स्थानिय सरकारको अवसर सामन्य अवस्थामा जोसुकैले नियमित गतिविधि गर्न सक्तछन ।

आफ्रनादैनिकी चलाई रहेकै हुन्छन । प्ररम्भीक वाहेक कुनै किसिमको अतिरिक्त सेवा आवश्यक हुदैन । राज्यको सहयोगको आवश्यकता समेत हुदैन । राज्यको निकायको सहयोगी भुमिका यस्तै संकट र समस्या परेको अवस्थामा चाहीने हो । त्योसेवा दिन स्थानिय सरकार असफल भएको भनि नहालौ तर कमजोर भयको भने निश्चित नै हो । कमजोरी कहाँ कहाँ भयका छन वा राम्रोकाम कसरी गरियको छ समीक्षा जरुरी छ । अव कसरी सुधार गर्ने त्यो झन जरुरी छ । छलफल,विचार विमर्शर हाल सम्म गरियको कार्यको अनुभववाट सिकिएको पाठवाट सिक्दै हामीले आगामी रणनिति तयार गर्न ढिलो गर्न हुदैन । धेरै मानिस घरमै वसेका छन । अन्य काममा समय दिन नपर्ने भयवाट यो झन हाम्रा लागी अवसर नै हो । यो अवसरलाई हामीले वेलैमा पहिचान गरेर आम नागरिकलाई सहि सुचना सम्प्रेशण गरि मिसनको रुपमा अघि वढन सके हाम्रा अवसर झन खुल्दै जानेछन । यो अवसर अल्पकालमा ठुलो आर्थिक उपलव्धी र दुत्र आर्थिक विकास झै भने होइन । सुन्य झै रहेको आर्थिक क्रियाकलापलाई नियमित तर्फ फर्काउनु नै यसको मुख्य लक्ष्य हुनु पर्दछ । तर समय क्रमगै अन्य अवसर क्रमश खुल्दै जाने छन ।सिकाइ र अनुभवलाई लिपीवद्ध गर्दैलान सके आगामी वजेट निर्माणका लागि गतिलो शिक्षा हुने छ ।

स्थानिय सरकारले गर्ने काम : गाउँ-गरविपद प्रतिकार्य समिति मार्फत कोविड—१९ माहामारी प्रतिकार्य योजना तयार गरि सोहि योजना अनुसार नियन्त्रणका कार्ययोजना लागु गर्ने । तयार नभएको भए आवश्यकता अनुसार गठन वा पुर्नगठन वा थप गरि गठन गर्ने । नगर स्तरमा भय झै वडा स्तरमा विपदप्रतिकार्य योजना समिति गठन गर्ने । फोकल पर्सन तोकि सवै क्षेत्रको सुचना संकलन र विश्लेशण गर्ने प्रणलीको विकास गर्ने । स्थानिय स्तर वा टोल स्तरमा विपद प्रतिकार्य योजना कार्यान्वन गर्न तिन जना सम्मको जिम्वेवारी सहितको कामको वाँडफाड गर्ने । सवै समितिको काम वारेमा प्रस्ट जनाकारी दिइ परिचालन गर्ने ।

फोकल पर्सन वा जिम्वेवार व्यक्तिहरुलाई खाजा र संन्चार खर्च जिम्वेवारी अनुसार उपलव्ध गराउने । सुचना र जानकारीको विश्लेसण टोलस्तरवाट वडा स्तरमा,वडावाट नगर स्तरमा पुयाईगरी अवश्यक रणनिति तयार गरि कोभिड उपचार सेवा प्रदान गर्ने कामलाई निरन्तरता दिन स्वस्थ्य निकायको जिम्वेवार नगर स्तरको विभागलाई पुर्ण जिम्वेवारी दिने गरि योजना तयार गर्नु पर्दछ । यसले कार्यकुसता र सेवामा विशिस्टता वढेर जान्छ । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार