कसैले घमण्ड नगरेकै राम्रो
कुनै बिषयलाई प्रथामिक्ता दिई, लेख लेखिन्छ, पाठकलाई सके सम्म आनन्दित बनाउने प्रयास नै गरिन्छ। मर्मस्पर्शी लेख लेखेर समाजलाई सन्देश दिन खोजिन्छ तर यो समाजमा रहेका मानिसहरूले  लेखिएको लेखको बारेमा हेर्न पढ्न नै फुर्सद पो कस्लाई हुदोरहेछ र। पुरै लेख नपढि लाईक र कमेन्ट गर्नु त हाम्रो बेथिति र पुरै कमजोरी नै हो भन्ने ठान्दछु।किनकि पोष्ट हालि सकिएको मात्र हुन्छ, लेख पढ्नलाई केही न केही समय ता लाग्छ नै तर लाईक आइसकेको हुन्छ। अनि आफ्नो मनमा चाहि केहीकुरा खेल्न थाल्छन यो कस्तो खालको लाईक हो -? प्रश्न उठ्छ , जिज्ञासा लाग्छ, कतै लेखकलाई खुशी पार्न गरिएको लाईक त हैन, त्यस्तै एकखाले स्रोता हुन्छन, लेखको आशय के छ, बिपरित कमेन्ट, अनि सम्झना आउछ,”ल्हासा जानु कुत्तिको बाटो” भने जस्तो गरेर आउछ, केही साथीहरू त कमेन्ट गरेर त्यसलाई मैले ठूलो मान्छे बनाईदिनु पर्ने ! भन्ने ठान्छन त केही साथीहरू त आफुलाई हामी नै सर्वश्रेष्ठ हौ, किन बेकारमा लाईक कमेन्झट गर्ने भन्नेखालको सोच पनि पाइन्छ। त्यसैले मानिसले घमण्ड नगर्नु नै वेस भन्दै एउटा आशीर्वचन राख्न मन लाग्यो।

समय सकिएपछि पातले झर्नुपर्छ
हिउँले पग्लनु पर्छ,बत्तीले निभ्नु पर्छ
सूर्यले अस्ताउनु पर्छ, फुलले झर्नुपर्छ
भने हामीले संसार छोड्नुपर्छ त्यसैले
कसैले घमण्ड नगरेकै राम्रो

आफ्नो शरीर र त्याहा भएका अङ्गहरूको बारेमा लेख लेख्ने जमर्को गरेकोछु, स्विकार गर्नु नै हुनेछ।

हाम्रो शरीरको घाँटी देखि तल चाहि मेरो शरीर हुदो रहेछ,किनकि मैले खाइन र परिवारले खाए अथवा कुनै साथीले खाए भने म अघाउँदिन रहेछु। अरू साथीहरूले हिँडिरहनु भएकोछ, म हिड्नु पर्दैन भन्न मिल्दो रहेनछ, गन्तव्यमा पुग्न आफै हिड्नु पर्दो रहेछ। अरू साथीले दिशा/पिसाब गरे मैलै नगर्दा पनि हुन्छ भन्न मिल्दो रहेनछ, त्यसैले आफ्नो शरीर स्वस्थ राख्न आफैले आफ्नोलागि गर्नुपर्दो रहेछ।

घाँटी देखि माथिल्लो भाग भनेको आफ्नो मात्र हैन सार्बजनिक पनि हुदोरहेछ, किनभने म मेरो बारेमा मात्र बोल्छु, म राम्रो/राम्रो मात्र बास्ना मात्र लिन्छु, राम्रा/राम्रा कुराहरू मात्र सुन्छु, र राम्रो/राम्रो बस्तुहरू मात्र हेर्छु भनेर भगवानले मानव जातिको सृजना गर्दा बनाईएको क्रमश , मुख, नाक, कान, र ऑखा रहेनछ, यी हाम्रा ज्ञानेन्द्रियले राम्रा पनि ,नराम्रा पनि,खानु, हेर्नु,बास्ना लिनु र सुन्नै पर्दो रहेछ, त्यसैले हाम्रो शरीरको सार्बजनिक भनिएको भागलाई मेरो मात्र बनाईयो भने यमराजको बास हुने रहेछ, त्यसैले घाँटी देखि माथिको भागलाई आफ्नो मात्र नभएर सार्बजनीक पनि बनाउन सकियो भने भगवानको रूपहरू जस्तै श्रीकृष्ण, श्रीराम, शान्तिकादुत गौतम बुद्ध जस्ताको बास हुने रहेछ, मानवले घमण्ड नगरि त्यतातर्फ आफुलाई ढाल्नुपर्छ, सबै ठीक भएर अघि बढ्न सकिन्छ भन्दै समय अनुसारको फल खाने हो , हामीले लेख मार्फत सुसुचित गराउने हो।” भिर जाने गाईलाई राम/राम भन्न सकिन्छ,भिरबाट खसिहाल्यो भने काँध हाल्न सकिदैन” धन्यबाद।
शुभ बिहानी, शुभदिनको
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ झापा।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार