– वैरागी जेठा
मेरै उमेर भएको
जनचेतना पुस्ताकालय
रिस्तीझैँ सङ्लीएर बग्न खोज्दै छ
यतिबेला ।
स्पाती लड्दा लड्दै
आफ्नो इतिहासको सङ्गीत बजाउन
श्यामहरू झैँ उठीरहेछन्
श्ोषमणि ,नारायण र राजकृष्णहरू ।
रम्घाको पारिलो बस्तिमा
जुजु उभिन्छ र कोट्ट्याउँछ ,यसलाई
दराई , कुमाल ,दुरा परियारहरू
गीत गाइरहेछन्
वरपिपलको चौतारीमा
नेवाहरू लाखे नचाइरहेछन् ,धिमे बाजामा
यात्री हेरिरहन्छ
जिताको बार्दलीबाट
भोर्लेटार निकै व्यस्त थियो
समय गन्न ।
यात्रीले जुजुलाई सम्झियो
मध्यनेपाल पुगेर
कुमालको भान्सामा रमाउँदै
देशेमरुको जुजु सम्झिन्छ ।
एउटा यात्री ।
मादी आफ्नै तालमा थिई
यात्री उस्कै किनारै किनार
बसमा गुडिरह्यो ।
स्याङघाबाट उठिरहेका बाफहरू
न्याय मागिरहे थे
चन्द्रकान्तले बिउँझाएको ठिटो
उनकै बलेनीमा पुस्कत फिँजाउन थाल्छ
गाउँलेहरू हर्ष विभोर ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार