हल्दिबारी, २१ भदाै । नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दालाई लिएर ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको बताइएको छ ।

यसबारेमा प्रेमगीत ३’ का निर्माता र कलाकारसँग मनिषाको मुम्बईस्थित निवासमा यसबारे छलफल भइसकेको बताइएको छ । यसो त मनिषाले सामाजिक सञ्जालबाट पनि फिल्मको प्रमोसन गरिरहेकी छन् ।

भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति ज्न्ँयसक्ेक्ँ छन्् । यसो त केही समय अघि नेपाल आउदा बलिउड गोबिन्द्याले फिल्म प्रचारमा भारतमा सहयोग गर्ने बताएका थिए ।

शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका छन् । तर कपिलले चाहिं यसबारे निधो दिइनसकेको र सेड्युल मिलाएर निधो दिने बताएका छन् । सुटिङ भयो भने सेप्टेम्बर १४-१५ तिर हुने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार