क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोप लगाउने बालिकाको मेडिकल परीक्षण गरियो, क्यारेबियन लिग खेल्न विदेशमा रहेका सन्दीपलाई के अब नेपाल झिकाइन्छ ?

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बलातकारको आरोप लागेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अनुसनधान अगाडी बढाएको छ ।

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ । पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार