प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । बिहीबारसम्मको अग्रिम टिकट बिक्री, ट्रेन्ड, हाइप, मल्टिप्लेक्स र एप्पल इन्टरटेनमेन्टको बजार अध्ययनजस्ता सूचकको आधारमा फिल्मको ओपनिङ एक करोडदेखि डेढ करोडसम्म हुने अनुमान छ ।

बिग मुभिजका व्यवस्थापक दीपेश शर्मा र आईएनआईका निर्देशक सुरेन्द्र थापाले दुवैले फिल्मले एक करोडभन्दा बढी ओपनिङ गर्नसक्ने बताए । शुक्रबारै नेपालमै छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ पनि प्रदर्शन हुँदैछ । अमिताभ बच्चन स्टारर फिल्मले भव्य ओपनिङ नगरे पनि विकडेजमा राम्रो कमाइ गर्ने प्रक्षेपण छ ।

‘वाकान्डाको ओपनिङ आक्रामक हुनेछ र उचाइले विकडेजबाट पिकअप लिनेछ,’ बिग मुभिजका शर्माले भने, ‘नेपालमा सुटिङ भएकाले पनि यो फिल्मप्रति नेपाली दर्शकको भावना गाँसिएको छ ।’ शुक्रबारै अक्षयकुमारको बलिउड फिल्म ‘रामसेतु’ पनि रिलिज हुनेछ । यो फिल्मलाई मल्टिप्लेक्सले कम शो दिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार