स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।

एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए । तर, बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतकाे कार्यालयलाई निर्देशन दिएको छ । जसकारण बिहीबार साँझदेखि मतगणना सुरु हुने भएको छ ।

स्याङ्जा २मा कोठाभित्र रहेको मतपेटिका र मतपत्रको अवस्था के छ कसैलाई थाहा छैन । मतपेटिका राखिएको कोठाहरुमा सीसी टिभि रहेको छ तर लामो समय कोठामा थन्क्याएर राख्दा मुसाबाट मतपत्र जोगाउनु चुनौती हुँदै गएको छ । मुसाले मतपेटिका र त्यसभित्र रहेको पत्र काट्न सक्ने धेरैले अनुमान गर्न थालेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार