अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको पलका वकिल कमलामोहन वाग्लेले बताए ।

यस अघि नवलपुर अदालतले भने शाहलाइृ बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो । यद्यपी शाहले भने नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार