माघ २७ । नेपाल भोपजुरी समाजले वीरगञ्जको सुन्दरमल रामकुमार कन्या माबिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई प्रशिक्षण दिनु भएको हो ।

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र.अअनिता साह,समाजका उपाध्यक्ष रितुराज पटेल,कोषाध्यक्ष अशोक कुश्वाहा, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेल,दिनेश मिश्रको पनि सहभागीता रहेको थियो ।

समाजले प्रत्येक साताको शुक्रबार हरेका सामुदायिक बिध्यालयमा गई सचेतना अभियान संचालन गर्ने गरेको छ भने यो दोस्रो अंक रहेको सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार