काठमाडौं, माघ २९ – सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यसतो निर्णय गरेको हो । माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा सरकारले बिदा दिने भएको हो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो। सोही दिनको सम्झनामा सरकारले देशैभरी बिदा दिन लागेको हो । यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार