हल्दिबारी, १ फाल्गुण । गायिका एलिना चौहानले एक अन्तर्वार्तामा रवि लामिछानेलाई चिन्दिन भनेपछि रविका फ्यान खनिए । चारैतिर चौहानको आलोचना हुदै गएपछि दिइन स्पष्टीकरण :
“आदरणिय दर्शक महानुभावहरु🙏🙏🙏 नमस्कार
आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।
उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं । रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।
मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला 🙏 एक पटक आंखा चिम्म गरेर सोच्नु त
? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला ।
मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।🙏🙏🙏
तपाइंहरुकि प्रिय गायिका
एलिना चौहान”
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार