काठमाडौं – सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका छन् । सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले महाविश्वविद्यालय’मा रहेका र त्यहा रहदा धेरै ज्ञान प्रप्त भएको बताएका छन् ।

दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । पल अब केही हप्ताभित्र काममा फर्किने तयारीमा रहेको बुझिएको छ ।

उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको बताइएको छ । पल म्यूजिक भिडियोबाटै कामको सुरुवात गर्ने योजनामा रहेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार