चैत्र नवरात्री सुरु भएको छ । हिन्दुहरुको प्रमुख चाड मध्येको एक हो यो पर्व देशभर नौ दिनसम्म मनाइने छ । नवरात्रिको ९ दिन व्रत बसेर ठूलो संख्यामा मानिसहरूले माता दुर्गाको पूजा गर्छन् । व्रत बस्नु स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ तर यस समयमा केही सावधानी अपनाउनु जरुरी छ । व्रतको समयमा केहि पनि नखानु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। आज हामी तपाईलाई ९ दिनको व्रत बस्ने सहि तरिका के हो र व्रत बस्दा मानिसले कस्तो खानेकुरा अपनाउनु पर्छ भन्ने कुरा बताउनेछौँ ।

डाइट मन्त्र, नोएडा, यूपीकी संस्थापक कामिनी सिन्हा भन्छिन् कि नवरात्रिमा व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। व्रतले शरीरलाई राम्रोसँग डिटोक्स गर्छ र आन्द्रालाई आराम दिन्छ। उपवासले तौललाई पनि धेरै हदसम्म नियन्त्रण गर्न सक्छ। तर, व्रत बस्दा लामो समयसम्म भोकै बस्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसो गर्दा एसिडिटी, कमजोरी र टाउको दुख्न सक्छ। यति मात्र होइन, लामो समयसम्म भोकै बस्दा माइग्रेन हुन सक्छ ।

व्रत यसरी बस्नुहोस् / नवरात्रिको समयमा व्रत बस्ने स्वस्थ्य तरिकाहरू

नवरात्रि व्रतमा हरेक दिन कम्तिमा २-३ लिटर पानी पिउनुपर्छ । यो आफैलाई हाइड्रेटेड राख्न धेरै महत्त्वपूर्ण छ। जसले गर्दा शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम रहन्छ र कुनै प्रकारको समस्या हुँदैन ।

व्रतको समयमा मानिसले धेरै फलफूल खानुपर्छ । साथै समय समयमा ड्राई फ्रुट खानुपर्छ । यसबाट शरीरलाई उचित मात्रामा पोषकतत्व प्राप्त हुन्छ र कमजोरी महसुस हुँदैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार