मेचीनगर । “हो हामी क्षयरोग अन्त्य गर्दछौं” भन्ने मुल नाराका साथ मेचीनगर नगरपालिका नगर स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवस २०२३ मनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आज मेचीनगर स्वास्थ्य शाखाले काँकरभिट्टा स्थित स्वास्थ शाखामा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै बिरामीलाई अण्डा वितरण गरेको छ ।

क्षयरोग लागेको बिरामीको शरीर कमजोर हुने भएकाले बिरामीको स्वास्थ्य तन्दरुस्तका लागि ३० जनालाई एक एक क्यारेट अण्डा वितरण गरिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनले मेचीनगर क्षयरोगको उच्च जोखिममा रहेको हुँदा त्यसलाई निर्मुल पार्न मेचीनगर स्वास्थ्य शाखा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताइन् ।

मेचीनगरमा आर्थिक वर्ष २०७७ ०७८ मा १८८ जना क्षयरोगका बिरामी रहेकोमा आर्थिब वर्ष २०७८ ०७९ मा १८५ थिए । त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा १२० जना बिरामीमा  क्षयरोगको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना जटिल किसिमको (एम डि आर) क्षयरोगका बिरामी रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

काँकडभिट्टा स्वास्थ शाखा प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर कार्यापालिका सदस्य अन्जु थापा, मेचीनगर ६ का वडासदस्यहरु ध्रुव राई, सिमा रसाइली र भविन्द्रराज सुब्बालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेचीनगरमा कार्यारत स्वास्थ्य कर्मी, स्वयमसेवीकालगायत बिरामी तथा विरामीका आफन्तहरुको उल्लेखिय उपस्तिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार