एजेन्सी -बलिउड अभिनेता अक्षय कुमार सुटिङको क्रममा घाइते भएका छन् । घाइते भएपनि उनलाई धेरै चोट नलागेको र केही समयको ब्रेक पछि  सेटमा फर्किइसकेको बताइएको छ । अक्षयको घुँडामा चोट लागेको बताइएको छ ।

अहिले अक्षयले घुँडाको ब्रेस लगाएका छन् । अक्षयका कारण अहिले टिमले अक्षय कुमारको एक्सन सिन स्थगित गरेको छ । तर, सुटिङको समयतालिका पूरा गर्न स्कटल्याण्डमा क्लोज-अप र अन्य दृश्य छायाङ्कन भइरहेको छ।

टाइगर श्राफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङका क्रममा उनी घाइते भएका थिए । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । फिल्ममा सोनाक्षी सिन्हाको पनि मुख्य भुमिका रहेको छ ।

फिल्मका निर्देशक अली अब्बास जफर हुन् । अक्षय कुमार पछिल्लो पटक फिल्म ‘सेल्फी’ मा देखिएका थिए । यस वर्ष अक्षय ‘ओएमजी २’, ‘वीर दौडले सात’, ‘क्याप्सुल गिल’, ‘हेरा फेरी ३’ र ‘जोली एलएलबी ३’ जस्ता फिल्ममा देखिनेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार