हल्दिवारी   ।  एमाले झापा जिल्ला सचिवालय सदस्य युवा  नेता तथा २०७४  सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष  डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

 

एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत स्थानीय तह  निर्वाचनमा एमालेबाट अध्यक्षमा उम्मेद्बारी दिदै पराजित बनेका थिए भने  झापा ३ मा संघीय संसदका  लागि स्वतन्त्र उम्मेद्बारी दिएका थिए । गिरीले झापामा एमालेले राप्रपासग तालमेल गरेको बिसयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् , आज मिती २०७९ चैत्र ११ गते देखि मेरो  आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो ।

नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु उनले आफ्नो फेसबुकमा लेखेका छ्न ।

गिरीको एमाले परित्यागबाट   झापामा पराकम्प  पैदा गराएको छ । पार्टी परित्याग गर्नु अगाडि उनले समाजबादिका अध्यक्ष माधव कुमार नेपाल सहित एक दर्जन नेतहरु संग भेटवार्ता गरेका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
5
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार