दमक/ अढाइसयभन्दा बढि लायन्सकर्मी तथा लायन्स लिडरहरुको उपस्थितिमा लायन्स क्लव अफ झापा दमकले अजयकुमार अग्रवालाई लायन्स क्लव इन्टरनेश्नल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा उभ्याउदै विधिवत रुपमा उम्मेद्वारी दर्ता गराएको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा बुधबार विहान ११ बजे उम्मेद्वारी मनोनयन भएको हो । निर्वाचन समितिका मुल संयोजक राजन खत्री सहितले अग्रवाललाई अग्रिम रुपमा विजयको शुभकामना दिएकाछन् । अजय अग्रवाल निरन्तर रुपमा लायन्समा लागेको र अविछिन्न लायन्सकर्मीहरुमाझ रहेको ब्याक्तिहुन्, खत्रीले भने ।


उहाँलाई म विजयको शुभकामना दिन चाहान्छु, खत्रीको भनाई थियो । डिस्ट्रिक गर्भनर धिरज गुरुङ, पुर्व गर्भनरहरु फुलकुमार लालवानी, लिला ढुंगेल, रेवतबहादुर कार्की, लगायतले अग्रवालले लायन्समा खेलेको भूमिका र दिएको योगदानका कारण आज यहाँ सम्म आईपुगेको जनाउदै प्रशंशा सहित जितको शुभकामना दिएकाछन् ।े

दमक नगर प्रमुख र उपप्रमुखले पनि दिए शुभकामना

यसैगरी मनोनयन कार्यक्रममा सहभागि हुँदै दमक नगरपालिका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले पनि लायन्स क्लव अफ झापा दमकले अघि सारेका उम्मेद्वार अग्रवालको विजयको शुभकामना दिएकाछन् । सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्स क्लवको नेतृत्वको भागदार दमक पनि हुन लागेको पाउदा आफुहरु खुशि भएको उहाँहरुको भनाई रहेको थियो । उहाँहरु दुबैले दमकबाट एकल उम्मेद्वार बनाएर जान तथा त्यसका लागि प्रयत्न गर्न पनि आग्रह गरेकाछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार