काठमाडौं, ९ जेठ । मंगलबार सुदुरपश्चिमको जम्बो टोलि सिंहदरबार स्थित राष्ट्रिय योजनाआयोगको कार्यालयमा पस्यो । मूख्यमन्त्री कमलबहादुर शाह, निवर्तमान मूख्यमन्त्री तथा प्रमुख प्रतिपक्षीदलका नेता राजेन्द्रसिंह रावल, प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारी सहित सबै मन्त्रीहरु टोलिमा थिए ।
सरकार, संसद र संसदको प्रमुख प्रतिपक्षी समेत सबै एकै ठाउँमा जम्माभएर सिंहदरबार पसेको सम्भवतः यो दृश्यहो । सिंगो मन्त्रिपरिषद् सभामुख र प्रमुख प्रतिपक्षी दललाई लिएर आउनुको कारण यसै पनिबुझ्न सकिन्छ, अहिले बजेटको तयारी भइरहेको छ । मुलुक संघीयतामा गएको यतिकावर्ष पछि प्रदेश सरकारको सिंगो टोलिले संघीय सरकारको योजनाआयोगको ध्यानाकर्षण गराएको छ ।
भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सिंहदरबार बाटै योजना फाइनल हुने नीतिको अन्त्यका लागि मुलुक संघीयतामा गएको बताए । सिंहदरबार धाउनु पर्ने बाध्यता नै हटिसकेको भन्दै उनले प्रदेश सरकारले आफूले गर्नु पर्ने कामहरु गम्भीर भएर गरेमात्रै पनि धेरै समस्याहरु समाधानहुनसक्ने बताए ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याहरु पनि समाधान हुने चरणमा रहेको भन्दै उपाध्यक्ष श्रेष्ठले तलगएको रकम खर्चमा पनि जोड दिनु पर्ने बताए । ‘पहिले यसरी तल्ला २ तहमा गएर रकम रोकिदैन थियो, अहिले २ खर्ब रकम ३ वर्षदेखि रोकिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘त्यो रकम सही ठाउँमा समयमा खर्च नहुँदा बैंकमा तरलता समस्या देखियो, ब्याजदर बढ्यो अर्थतन्त्रमा समस्या देखियो ।’
उनले अब समानीकरणको रकमतलगएर जम्माहुने र खर्च गर्न नसक्ने अवस्थाको अन्त्यहुनु पर्ने बताए । राजश्व संकलनमा पनि सुधार भएको र अर्च पनि अब बढ्ने भएकाले अर्थतन्त्रको समस्याहरु पनि समाधानहुँदै गएको उनको भनाइ छ ।
सडक छ, उत्पादन छैन
उत्पादन र रोजगारीका कार्यक्रमहरु लाई प्राथमिकतामा राख्न पनि उपाध्यक्ष श्रेष्ठले मूख्यमन्त्रीसँग अनुरोध गरेका छन् । धेरैले पूर्वाधार विकासका मात्रै कुरा गर्ने गरेका छन् । सडकमार्ग, पुल तथाअ न्यपूर्वाधारका विषयहरु धेरै उठान हुने गरेका छन् । तर उत्पादनका योजनाहरु नभएसम्म अर्थतन्त्र सवल हुन नसक्ने भन्दै उनले त्यसतर्फ पनि सोच्नु पर्ने बताए ।
‘कुनै गाउँमाजाने ठूलो सडक छ, तर त्यहाँकुनै उत्पादन नै छैन भने सडकको पनिउपयोग हुन सक्दैन’उनले भने, ‘पूर्वाधार त आवश्यक कुरा हो, तर हाम्रो मुलुकको अर्थतन्त्रलाई वलियो बनाउका लागि उत्पादन र रोजगारीमा विशेष ध्यान दिनुपर्छ ।’
बजेट राजनीतिक दस्तावेज मात्रै नभएको पनि उपाध्यक्ष श्रेष्ठले बताएका छन् । बजेटलाई कनिका छरे जस्तो थोरै थोरै रकम छर्ने भन्दापनि परिणामूखी काममा बजेटहरु विनियोजन जरुरी रहेको उनको भनाइ छ । संघीयताका फाइदाहरु धेरै रहेको भन्दै उनले प्रदेश सरकारले जति सक्दो धेरै संघीयताबाट लाभलिनका लागि अनुरोध समेत गरे ।

सभामुख र प्रमुखप्रतिपक्षीदलको नेता समेतलाई लिएर सुदुरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा
काठमाडौं, ९ जेठ । सुदुरपश्चिममामूख्यमन्त्रीकमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजनाआयोगकाउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिमप्रदेशका सभामुखभिमबहादुर भण्डारीतथाप्रमुखप्रतिपक्षीदलका नेता समेत रहेकानिवर्तमानमूख्यमन्त्री साथै कृषिबाहेकका सबै मन्त्रीहरुसहितमूख्यमन्त्रीशाहले आयोगकाउपाध्यक्षश्रेष्ठलाई भेटेकाहुन् ।
भेटमा मूख्यमन्त्रीशाहले आगामीआर्थिक वर्षको बजेटमा सुदुरपश्चिमप्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावनाहरु भएर पनि सुदरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।
भेटमा आयोगकाउपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यताअब हटेको बताएकाथिए । कुनै बेला काठमाडौं आउनकालागिभारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदुरपश्चिम टाढा जस्तो लागे पनिअहिले सुदरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए । सुदुरपश्चिमलाई सरकारले ल्याएको नीतितथाकार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थानदिनेमा ढुक्क रहनउनले सुझावदिए ।
‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजनाबनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदर र कर्णालीका योजना सुदुर कर्णालीले नै बनाउने हो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार