आज २०८० साल जेठ २७ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्य्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिद्यनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानिको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार