काठमाडौं, २७ जेठ । नेपालीकांग्रेसका केन्द्रीय सदस्यतथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमाबोल्दै नेता खतिवडाले देश बनाउने अभियानमा सबै दलहरु एकमतभएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘अरुलाई आलोचना गरेर मुलुक निर्माण हुन्छ भन्ने विश्वास मलाई छैन् ।’
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमाबोल्दै नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्तभएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनु पर्ने माजोड दिए । उनले भने,‘हामीलाई पनिलागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होईन । यो लेनदेनमात्रै होईन, यो आचरणको पनि कुरा हो । चर्चामाआएका कुराहरु जो छन्, नक्कलीभुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने-कोहीनिर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनु हुँदैन् ।’
खतिवडाले कसैले पोलेकै आधारमामान्छे समात्ने हो भने धेरै जनाको नामबाहिर आएको सुनाए । उनले भने,‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ। बादल दम्पत्तिको नामआएको छ। अख्तियार प्रमु्ख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु कीप्रहरी कसैको दबाबमा नपरोस । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हदम्यादका कारण कोही अपराधीन उम्किनु।’ सो क्रममाउनले यति, ओम्नी, बालुवाटार प्रकरण लगायत सबैमागम्भीर छानबिन हुनुपर्ने माग गरे । उनले थपे,‘प्रधानमन्त्रीहोस वाउपप्रधानमन्त्रीहोस, बालुवाटारको जग्गालिएर फिर्ता गर्दैमाअपराधीहुँदैन भन्न सकिन्छ र ?’
उनले अहिले देशबनाउने अभिभारा युवा पुस्ताको काँधमाआएको सुनाए। उनले भने,‘जनताले युवा पुस्तासँगआश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँगअर्को कुरा गर्ने गरेको पनिपाईयो । यो कुरा जनताले नजिकबाट नियाँलिरहेका छन् ।’ उनको उक्त अभिव्यक्ति रास्वपा लक्षित थियो । खतिवडाले थपे-‘अहिले कोर टिमका कुरा पनिआएका छन् । त्यस बारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचयपत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डरकिन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’
नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने कामगरेको तर कुनै ठूला सन्धी र सम्झौताभएनन् भनेर चर्चा भएपनि १० वर्षमा १० हजार मेगावाट विद्युतकिन्ने सम्झौताहुनु ठूलो उपलब्धि र खुशीको विषयभएको उल्लेख गरे । उनले भने,‘मलाई एउटा खुशीको कुरा यो भ्रमणमा के लागेको छ भने जुन १० हजार मेगावाट विद्युतभारतले १० वर्षमालिने सहमतिको वातावरण सिर्जनाभयो, यो नेपालको लागि राम्रोकामहो । भ्रमणमा जाने सबैलाई यो कामको लागि धन्यवाद दिन चाहन्छु ।’
उनले अहिले अनावश्यकबहसको भूमरीमा परेको पनिगुनासो पोखे । उनले भने,‘मुलुककहाँ छ ? भैंसी र राँगाबारे बहस भैरहेको छ, यसबारे बहस गर्न हामीतल्लिनभएका छौं । संसद्माजलहरीको कुरा आयो । संसद् बन्दभयो । नक्कली भुटानी शरणार्थीको कुरा आउँदाजलहरी प्रकरण आयो । यो जलहरी प्रकरणमा पनि छानबिन हुनुपर्छ भनेका छौं । महालेखापरीक्षकको प्रतिवेदनमा संसद्मा छलफल हनु दिएको छ, त्यो विषय रेकर्डबाट हटाउन भनिएको छ । यो गलतभयो । १० किलो सुन बेपत्ताभएको छ भनिएको छ । त्यो खोज्ने सबैको दायित्वहो । यो बास्तवमाछानबिन हुने विषयहो । पशुपतिजस्तो सबैले मान्ने र पुज्य ठाउँमा ७ करोडको १० किलोको सुन हराउँछ ?भने मुलुककहाँहोला?’ उनले उक्तप्रकरणमा सत्तापक्ष र प्रतिपक्ष बसेर तार्किक निश्कर्षमापुगाउनेहोलाभन्ने विश्वास लिएपनि संसद्को रेकर्डबाट हटाउनु दुःखद् भएको टिप्पणी गरे ।
उनले चीनका राष्ट्रपतिलाई नेपालले गैंडा उपहार दिएको र चीनले विगतमाआफूहरुलाई रेड पाण्डा दिएको इतिहास पनि स्मरण गराए । तर, अहिले प्रधानमन्त्रीदाहालको भारत भ्रमणको क्रममा नेपाललाई मुर्रा रांगादिईएकोबारे आलोचनाभएकोमाउनले गुनासो पोखे । उनले भने,‘अहिले जताततै रांगा र भैंसीमात्रै देखिन्छ । कमसेकमहामीअबपरिवर्तन हुनुपर्छ ।मुलुक २१ खर्ब व्यापार घाटाको मारमा छ । वैदेशिक ऋणमात्रै १० खर्ब७० अर्ब छ ।’
मुलुकमागलत राजनीतिक संस्कार हाबीभएको उनको गुनासो छ । उनले भने,‘राजनीतिअर्को बाटोबाट हिँड्न खोजेको छ । हामीले राणाशासनको इतिहास पढ्यौं । एउटा राणाले अर्को राणालाई सिध्याएर पावरमागएका छन् । अहिले पनित्यहीखुट्टा तान्ने प्रवृत्ति छ । राम्रो गरेकोलाई ठीक गरिस भन्नुपर्छ ।’
नेता खतिवडाले नागरिकताविद्येयक प्रमाणीकरण भएकोमा कसैले पनिविरोध गर्नुको अर्थ नभएको जिकिर गरे । उनले भने,‘यो विद्येयकमाएउटा हातमासिन्दुर र अर्को हातमानागरिकतादिने कुरा गरिएको छैन् । हिजो केपीओली सरकारको नेतृत्वमाहुँदाल्याएको अध्यादेशजस्तै हो ।त्यो अध्यादेशमाभएको कुराकोकमा र फूलस्टेप चेन्ज गरेको छैन् ।सार्वभौम संसद्ले दुई/दुई पटक विद्येयकपारित गरेर पठाएको थियो । तत्कालिनराष्ट्रपति विद्या भण्डारीलाई त्यो सदनले पारित गरेर पठाएको विद्येयकहोल्डगर्ने अधिकार थिएन । राष्ट्रपति कार्यालय तअविछिन्न संस्थाहो ।अहिलेको राष्ट्रपतिज्यूलेहिजोको कामलाई निरन्तरतादिनुभएको छ । नेपालीनागरिकका छोराछोरीलाईनागरिकतादिने कुरा गरिएको छ । भ्रमको काममाकोहीनलागिदिनुहोस । अहिले त यो सर्वोच्चअदालतको विचाराधिनविषयबनेको छ । कानूनी राज्यलाई दह्रो बनाउनुपर्छ । सर्वोच्चअदालतको निणर्य सधैं सम्मानगरिनेछ ।’
उनले अहिले बजेट समावेशीताको आधारमानआएको भन्ने गुनासो रहेको पनिउल्लेख गरे । उनले भने,‘केही नेताका ठाउँमा बजेट बढि राखिएको देखियो । यो सरासर गल्तीहो । बजेट समावेशीभएन । नाता रदातामालग्ने प्रवृत्ति देखियो । बजेट सारै खत्तम नै भयो भन्ने कुरा पनिआयो । तर, त्यस्तो पनिहोईन । हिजोको दिनमा सिसिटिभी पनिगायबै भएको देखियो । अहिले करको दर हेरफेर गरियो भनेर कुरा आयो ।रामकृष्ण श्रेष्ठले टाइप गरेको विषयमा, अहिलेको अर्थमन्त्रीले बजेट चुहाउनुभयो भन्ने छैन् ।’
उनले एमालेसँगको गठबन्धन बन्नेबारे तत्कालकुनै सम्भावना नरहेको जिकिर गरे । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले मुुकलाई निकास दिनको लागि प्रचण्डबाट मुलुकलाई मुक्त गराउनुपर्ने कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने आवश्यकत्ताऔंल्याएकाथिए ।
सो सम्बन्धमाजवाफदिने क्रममा नेता खतिवडाले भने,‘अहिले यहाँ गठबन्धनको कुरा पनिआयो, कोहीसँग सधैं पानीबाराबार हुनुपर्छ भन्ने पक्षमा नेपालीकांग्रेस छैन् । हिजो संगै हिँडेका साथीहरु एक हुनुपर्छ । तर, आज/भोलि नै सत्ता परिवर्तन हुँदैन । यो सम्भावना मैले देखेको छैन् । तर, भविष्यमामिलेर जाने आधार धेरै छन् ।मुलुकगाली गरेर बन्दैन । मिलेर जाँदा नै देश बन्छ ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार