बिर्तामोड, २८ जेष्ठ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ली. ले हालै सिटिसि चिया प्याकेजिङ्ग उद्योग संचालनमा ल्याएको छ । आज बिर्तामोड स्थित एनएमसीको शाखा कार्यालयमा पत्रकार सम्मेलन गर्दै चिया प्याकेजिङ्ग र बजार ब्यवस्थापन बारे जानकारी गराएको हो ।

उद्योगले एनएमसी टि ब्राण्ड मार्फत पाँचसय ग्राम र दुईसय ग्रामका प्याकेट बजारमा ल्याएको छ भने चिया पारखिहरुका लागि अर्थोडक्समा ब्ल्याल टि, ग्रनि टि र टी ब्यागमा समेत उपलव्ध गराएको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनु भयो ।

अध्यक्ष उप्रेतीका अनुसार सिटिसि चियामा नेपाली बगानबाट (हातले टिपेको पत्ति) उत्पादित उत्कृष्ट एवं ताजा चियाको छनौट साथै बिज्ञको परामर्ष र रोहबरमा मिश्रण गरि उपभोक्ताको चाहाना अनुसारको कडा र छिटो रङ्क आउने चिया तयार गरि हाल झापा जिल्लाको लागि मात्र बजारमा ल्याएको हो । उनका अनुसार एनएमसी टि ब्राण्डको चिया सस्तो साथै गुणस्तरीय रहेको छ ।

२०५० सालमा स्थापना भएर झापा, मोरङ्ग, इलाम जिल्लामा कार्यक्षेत्र बनाएको एनएमसीले बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म, चिया उद्योग संचालनमा गरि रहेको छ भने केहि महिना भित्रमै शुद्ध मौरिको मह साथै विभिन्न खाद्य सामाग्रीको प्याकेजिङ्गको उद्योग समेत ल्याउने अन्तिम तयारीमा रहेको अध्यक्ष उप्रेतीले पत्रकार संमेलनमा जनाएका छन् ।

२०७८ साल असार देखी झापाको मेची नगर ५, सुरेन्द्र नगरमा एनएमसी चिया उद्योग सुरु गरेको संस्थाले इलामको ३ ओटा चिया सहकारी संस्थाहरु साधुवेसी, सिद्धपोखरी र इलामेली सग एकिकरण गरी किसान द्धारा उत्पादिन हरियो चिया खरिद गर्दै २०७८/०७९ मा ७५ हजार केजी अर्थोडक्स (ग्रिन टि, ब्ल्याक टि ) उत्पादन गरि नेपाल तथा बिदेशमा समेत बिक्रि गरेको जनाएको छ ।

एनएमसी आवद्ध किसानहरुबाट उत्पादिन हरियो पत्ति खरिद गरि पहिलो पल्ट सिटिसि चिया उत्पादन सुरु गरेको एनएमसीले आफ्नो पहिलो ग्राहक पनि एनएमसी सदस्य नै रहेको जनाएको छ ।

भिडियाे हेर्न यहा क्लिक गनुहाेस्

https://fb.watch/l5slocVZUW/

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार