हल्दिवारी , बिर्तामोड नगरपालिका–५ बाट मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले चेकजाँचको क्रममा बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका–६ महमाई इलामका २२ वर्षीय मनिष गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरीको मोटरसाईलसहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार