बिर्तामोड नगरपालिका वडा नम्बर २ मा येलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको छ । बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बाल क्लब गठन गरिएको हो ।

नवगठित क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी,सह-सचिव-दिप्सिखा दास ,कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका छन् । यस्तै समितिका सदस्यहरूमा यादव मिश्र,इशान्त भट्टराई,स्तुति रसाइली, सोमनाथ चापागाई,अग्रिम खरेल, प्रिया भण्डारी, विवश खतिवड़ा, रोस्ना राजवंशी, पुजा राजवंशी, पूजन मगर, सृष्टी दाहाल र कृतिका पौडेल रहेका छन् ।

आइतबार (आज ) वीर अमरसिंह माध्यमिक बिद्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकालाई बाल मैत्री बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक बर्ष बाट यस्ता अभियान लाई पुणता दिन नितिगत ब्यबस्था गर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा वीर अमरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी ,जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्रले शुभकामना राख्नु भएको थियो ।

कार्य पालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा जनप्रतिनिधि तिला गौतम, ओमनाथ गौतम, चेतन बिमली, सर्मिला राजबंशी , हल्दिवारी बाल संजाल अध्यक्ष पवन गिरि ,सुशान्त बुढाथोकी ,बाल क्लब फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । वडाध्यक्षले पौडेलले बालबालिकाको बिकासका लागि वडा कार्यालय निरन्तर कृयाशिल रहने बताए । बालबालिकाको समस्या लाई नजिक बाट नियाल्दै सम्बोधन गर्ने बाताबरण निर्माण गर्ने बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार