हल्दिवारी, जेठ ३०। मोरङ र ईलामको छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे मोरङको ग्रामथान गाउँपालिका-५ भङसाबारी स्थित बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका ग्रामथान-३ का ४५ बर्षीय सिरु माझिलाई उपचारको लागि कोशी अस्पताल लागिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको हो ।

त्यसै गरि ईलामको सुर्यादय नगरपालिका-११ केराबारी स्थित बिजुलीको पोलमा तार जडान गर्न क्रममा अचानक करेन्ट लाग्दा पोलबाट भुईमा झरी घाईते भएका ईलाम-१० का ३५ बर्षीय तिलक राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार