लौ चाडो चाडो गाउँ गाउँ बाट उठ
हरेक बस्ती बस्ती बाट चाडो उठ
जनताहरुको ढाड करङहरु भाच्नलाई
गाउँ गाउँ बस्ती बस्तीबाट नै उठ!
महगी र कालो बजारी लिएर उठ
सगरमाथा भन्दा अग्लो नै गफ चुट
भनेको नमान्नेहरुलाई तह लाउनलाई
गाउँ गाउँबाट हरियो घाँस खादै चुट!
पानी जहाज चढ्नलाई नै पो जुट
मनोरेल चढ्नलाई नै पो जुट
घुम्टे रेलले बाटो परिवर्तन गरिसक्यो
पितृ ओसार्ने पितृ रेलमा नै कुद!
हात हुनेहरु मुठ्ठी बटार्दै बटार्दै उठ
दात हुनेहरू यो देश चपौनलाई उठ
भोको पेट हुनेहरु भोको पेट बटार्दै उठ
निदाएकाहरु आँखामा कचेरा लिएर उठ!
प्रत्येक गाउँ गाउँ शहर शहर बाट लुट
प्रत्येक टोल टोल वस्ती वस्ती बाट लुट
यो देशका जनताहरुको मुहार फेर्नलाई
कहिल्यै उठ्न नसक्ने गरिकन लुट!
मेलम्ची आयो पानी ट्याङ्की सफा गर्न उठ
धरहराको भर्याङ बनाउनलाई नै उठ
ललिता निवास टुक्रा पारेर बिक्री गर्न उठ
रोगी जति सुतिसुति औंलाले उद्घाटन गर्दै सुत!
सुनको जलारी हुनेहरु लिएर नै उठ
सुन्तला खाने फलाहारीहरु पनि उठ
धर्म कर्म गर्नेहरु आरती गर्नलाई नै उठ
वाइडबडि सुन देखि आयो नुन खाने सबै उठ!
यो देश लुट्नलाई खरानी धसेर नै लुट
साथमा बाजा हुनेहरु बाजा बजाउदै लुट
नयाँ जोगिले घण्टा बजाउदै बजाउदै लुट
जुट्न सक्नेहरु सारा जुटेर नै लुट !
नक्कली शरणार्थीहरुलाई सक्कली बनौन उठ
मुर्रा देखी भुर्रा सम्म एक जुट भएर नै उठ
केक बजाउदै डेक बजाउदै बजाउदै उठ
चुच्चे नक्सा खाइ बुच्चे नक्सा बनौंन उठ!
यो देशको मुहार नै लुट्नलाई राँड पनि उठ
यो देशको इज्जत लुट्न साँड पनि उठ
यो देश लुट्नलाई गलगाँड पनि चाडो उठ
बयल गाडा चढेर अम्रिका जानेहरु पनि उठ!
हातमा सुनको लौरो हुनेहरु लौरो लिएर उठ
कचौरो हुने ॠण बोकौन कचौरो लिएर उठ
कोही राजा भजाउनेहरु राजा भजाउदै उठ
हातमा बाजा हुनेहरु बजौदै बजौदै उठ!
नागरिकता नहुने बिहार बाट उठ
नक्कली बाट सक्कली शरणार्थी बन्नलाई
हिमाल् पहाड तराई बाट पनि उठ
पैसा हुनेहरु दुई करोड दिएर मन्त्री बन्न उठ!
रुख माथि बसेर फेद काट्ने कालीदाशहरु उठ
घाम हुनेहरु घाम लिएरै भए पनि उठ
नाम हुनेहरु नाम लिएरै भए पनि उठ
बदनाम हुनेहरु बदनाम नै लिएरै भए पनि उठ!
लौ चाडो चाडो गाउँ गाउँ बाट उठ
हरेक बस्ती बस्ती बाट चाडो उठ
जनताहरुको ढाड करङहरु भाच्नलाई
गाउँ गाउँ बस्ती बस्तीबाट नै उठ!
.
.
राज कुमार कार्की
मे न पा- १५, झापा
धन्यवाद
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार