हल्दिबारी, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङ्देनले शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने बताउनु भएको छ ।

हल्दिवारी ३ मा रहेको रामेस्वर प्राथमिक विद्यालयको ४ कोठाको भवन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्नसके देशैभर शिक्षा र स्वास्थ्य निशुल्क गर्ने बताउनु भएको हो ।

जनताले  धेरै आशा गरेपनि बिकासका काम गर्न नसकेको  बताउदै अध्यक्ष लिङ्देनले अरु क्षेत्रको जनप्रतिनिधि भन्दा कम काम नगरेको दावी समेत गर्नु भएको छ ।

जनताले आशा गरेका सांसदले एन कानुन बनाउने हो कि जनताका दु:ख सुखमा साथ दिने हो त्यो दोधार नितिले काम गर्न सजिलो नभएको समेत लिङ्देनले बताउनु भएको छ ।

आफु पनी हल्दिबारी गाउँपालिकावासी भएको ले शिक्षा स्वस्थ्य पुर्वाधारलाई आफुले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै हल्दिबारीवासी लाइ शिक्षा र स्वास्थ्य निशुल्क गर्ने गरि आफु लागि परेको समेत लिङ्देनले बताउँनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार