काठमाडौं, ३२ जेठ । नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ ।

आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम अन्तिम वार्मअप खेल खेल खेल्न लागेको हो ।

आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ ।

जसअनुसार नेपाल युएई तीन विकेटले पराजित भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पनि पराजित हुन पुगेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार