बिर्तामाेड । कचनकवल गाउँपालिका वडा ३ का वडा अध्यक्ष ग्यांस अजमल मियाँ माथी कुटपिट भएको छ । बिर्तामोडको मनमोहन अस्पतालमा छोरिको उपचारका लागी गएका अध्यक्ष मियाँ माथी एक अपरिचित ब्यक्तिले कुटपिट गरेको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिनु भएको छ ।

वडा अध्यक्ष मियाँलाई आक्रमण गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरि रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अध्यक्ष मियाँकाे हाल बिर्तासिटि अस्पतालमा उपचार भै रहेकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार