ललितपुर। विश्व रक्तदाता दिवस जून १४ काे उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिकाे बिशेष आयाेजना र नेवा: देय् दबू महालक्ष्मी कचा:काे सह-आयाेजनामा “रक्त व्यवस्थापनमा सबैकाे सहभागीता” शिर्षकमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ का पूर्व सांसद मदन बहादुर अमात्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे बिशेष अतिथिमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य , महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धर्म महर्जन र केन्द्रीय रक्त सञ्चार सेवाका पूर्व निर्देशक डा.मनिता राजकर्णिकार अतिथि रहेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजयकुमार महर्जनकाे सभापतित्वमा आयाेजित साे बिशेष समाराेहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई “रक्तदाता सम्राट”काे उपाधिबाट बिभूषित गर्दै ५ फिट ९ इन्चकाे उचाई रहेकाे कलात्मक बिभूषण-पत्र प्रमुख अतिथिद्वारा प्रदान गर्दै सम्मान गरिएको थियोे । साथै साेहि कार्यक्रममा नयाँ रक्तदान जागरण गीतकाे पनि लाेकार्पण गरिएको थियो । जसकाे बाेल “उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं” रहेको छ।

आउ है साथी जाउँ है साथी
यताउता नलागि उठाैं है साथी
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !

भरे भाेलि कहिले नभनाैं
सक्ने बेला सबैले दान गराैं
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !

कहाँ र किन कहिले नभनाैं
कस्काे लागि भनी नसाेधाैं
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !
उक्त गीतलाई विभिन्न जिल्लाहरू आजकाे पुनीत दिनमा चाैतर्फि लाेकार्पण गरिएको थियोे । गीतलाई पूर्णता दिन गायिकाहरू : रत्नशाेभा महर्जन,सृजना श्रेष्ठ, प्रगति महरा,वीना भट्टराई,नसना महर्जन,दुर्गा अधिकारी,काव्या आचार्य,खुशी थुलुङ्ग र गायकहरू : सानुवावु महर्जन शशि बिक्रम थापा,माेहित श्रेष्ठ(माधब),बेनुप क्षेत्री,भिषण राई,मीन गुरूङ्ग,करण मुखिया र पुष्पराज बराल रहेको छ।
संगीत संयाेजन सुनिल सिंहले गरेका थिए भने रेकर्डिष्ट/मिक्सिङ्ग माेहन रायमाझीले गरेका हुन। त्यसैगरी रचना प्रेमसागर कर्माचार्य लगायतकाे सम्लग्नतामा तयार पारिएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार