भद्रपुर । भद्रपुर- ८ स्थित प्रादेशिक अस्पताल आसपास आगामी भदौ १ गतेदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले प्रादेशिक अस्पताल आसपास एक सय मिटर वरिपरि मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।

वडा कार्यालयमा बिहीबार बसेको स्थानीय बुद्धिजीवी, व्यवसायी, समाजसेवीहरूको एक भेलाले सो निर्णय गरिएको वडा अध्यक्ष सुब्बाले बताए । वडाको यो पहिलो प्रयास रहेको बताउँदै उनले भने, ‘अस्पताल आसपास ती वस्तुहरू बेचबिखन, सेवन गर्न नपाइने र नियम उल्लङ्घन गरेमा जरिवाना गर्नेसम्म निर्णय गरेका छौँ ।’ यसको अनुगमनका लागि स्थानीय भरत गुरुङ, केदार महत, सुरज रेग्मी लगायत १२ सदस्य बजार व्यवस्थापन समिति गठन गरिएको उनको भनाई छ । टाइम अफ प्रदेशबाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार