बनियानी । केही दिन अघि प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा म्याद गुज्रेको औषधी वितरण भएको भनी हल्ला आए पछि कचनकवल गाउँपालिकाले ७ दिने छानबिन समिति गठन गरेकाे छ ।

उक्त छानबिन समितिकाे पुरा प्रतिवेदन नआउन्जेल सम्मका लागि गाउँपािलकाले प्रेस विज्ञप्ती निकाल्दै प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको औषधी वितरण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आजको मितिबाट लागुहुने गरी निलम्बन गरेकाे र प्रतिवेदनमा दाेषी ठहरीए औषधी वितरण शाखामा कार्यरत कर्मचारीहरुलाइ थप कार्वाही अगाडि बढाउने कचनकवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिनु भयाे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार