झापाको कचनकवल गाउँपालिकामा २ बर्षमा ४९८ जना लाई सर्पले टोकेको उपचार गरिएको छ । २०७८ असार ३ गतेबाट शुरु गरिएको सर्पदंश उपचार केन्द्रले २०८० असार ३ गतेसम्म २६ बिषालु सर्पले टोकेका बिरामी सहित ४९८ जनाले उपचार गरिएको गाउँ स्वास्थ्य शाखाका प्रमुख जागेस्वर प्रसाद यादवले बताउनु भएको छ ।
प्रमुख यादवका अनुसार ७ जना भारतबाट उपचार गर्न ल्याइएका समेतलाई निशुल्क उपचार गरिएको छ । सर्पदंश उपचारमा काम गरिरहेका दुई जना स्वास्थ कर्मीहरुलाई दोस्रो बार्षिक उत्सवको अवसरमा संमान समेत गरिएको छ ।
सर्पदंशमा कार्यरत स्वास्थकर्मी हृदय नारायण शाह र महमत नवाज नुरीलाई गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई , प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव , स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादव लागायतले उनीहरुलाई संमान गर्नु भएको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
3
+1
+1
+1
+1