भद्रपुर  । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ ।

आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएकाे र उनकाे साेही अस्पतालमा उपचारको क्रममा मृत्यू भएकाे  कारागार प्रमुख माेहनलाल पनेरुले जानकारी दिएका छ्न ।

२०७८ साल असार १६ गतेदेखि लागू औषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाकाे कैद समयावधि ५ बर्ष रहेकाे  कारागार प्रमुख पनेरूले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार