बनियानी, ४ असार । झापाको कचनकवल गाउँपालिकाले एक हजार परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले दिनु भएको जानकारी अनुसार चालु आर्थिक बर्ष ०७९/०८० को विनियोजित बजेट मार्फत एक हजार मुस्लिम, राजवंशी, संथाल, दलित लागायत अति विपन्न परिवारको स्वास्थ्य विमा गरिदिएको हो ।

अध्यक्ष राजवंशीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा थप ५०० परिवारको स्वास्थ्य विमा गरेर १५०० पु¥याउने लक्ष्य लिएको छ भने स्वास्थ्य विमा गरिएका परिवारको विमा नविकरण गर्दा गाउँपालिकाले ५०% शुल्क ब्योहोर्दिने समेत बताउनु भएको छ ।

अतिविपन्न आदिवासी समुदायको बाक्लो बसोवास रहेको कचनकवल गाउँपालिकामा सात वटा वडाहरु रहेका छन् । गाउँपालिकाले जनताको स्वास्थ्य लाई ध्यानमा राख्दै पहिलो पल्टलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको अध्यक्ष राजवंशी बताउँनु हुन्छ । अध्यक्ष राजवंशीका अनुसार कचनकवलमा प्रत्येक बर्ष स्वास्थ्य विमालाई निरन्तरता दिदै लगिने छ भने यहाँको कृषि, शिक्षा, पर्यटन, पुर्वाधार र खानेपानीलाई पहिलो प्राथमिकता राख्दै आगामी बजेट तर्जुमा गर्न लागिएको समेत बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
6
+1
4
+1
2
+1
0
+1
0
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार