धनगढी, ५ असार-सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गर्दा मंगलबार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएकोमा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था गम्भीर रहेको छ ।

मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएकोमा कोहलपुर मेडिकलमा उनको उपचार सुरु भएको बताइएको छ ।

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार