झापा । झापाका जनपक्षीय नेता तथा पुर्व साम्सद स्व. द्रोणाचार्य क्षेत्रीकाे नाममा स्थापना भएकाे द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालले पत्रकार गणेश पोखरेललाई ५१ हजार नगद राशिको पुरस्कार प्रदान गरेको छ ।

झापाको काँकडभिट्टामा बुधवार आयोजित कार्यक्रममा पत्रकार पोखरेललाई ‘द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो  । द्रोणाचार्य क्षेत्रीको ३० औँ स्मृति सभाको अवसर पारेर प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पत्रकार पोखरेललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित पुरस्कार प्रदान गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार