सम्पादकिय : झापाको हल्दिबारी गाउँपालिकामा अवैध रुपमा संचालित औषधी पसल तथा क्लिनिकहरुका कारण लागुऔषध दुर्व्यसनीको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य मापदण्ड विपरित गाउँपालिकाका पाँचै वडाका विभिन्न स्थानमा खोलीएका यस्ता पसलहरुमा प्रतिवन्धित औषधी समेत बेचविखन गरिएको पाइएको छ । हल्दिबारी गाउँपालिकाले पालिका स्वास्थ्य ऐन लागु नगरिसकेको अवस्थामा विना इजाजत खोलिएका यस्ता औषधी पष्सल तथा क्लिनिकहरुले जन्तालाई सेवा दिने भन्दा लुट मच्चाइ सहेको स्थानियहरुको गुनासो रहेको छ ।

औषधी विभागबाट लाइसेन्स लिएर संचालन गर्नु पर्ने औषधी पसलहरु हल्दिबारीको हकमा एक दुइ बाहेक कुनै पनि पसल तथा क्लिनिकको लाइसेन्स समेत नरहेको देखिन्छ । यिनै मापदण्ड विपरित खोलिएका औषधी पसलहरुबाट लागु औषधको दुर्व्यसनीमा फसेका युवाहरुलाई नेपालमा प्रतिवन्धित औषधीहरु भारतबाट ल्याई मोटो रकममा बेच्ने गरेको र झन् युवाहरुलाई कुलतमा फसाउने काम गरेको सुधार केन्द्रमा बसेर फर्केका युवाले बताइ रहेकाे अवस्थामा हल्दिबारी गाउँपालिका तथा संवन्धित सरोकारवाला निकायले यस्ता स्वास्थ्य केन्द्रलाई समयमै कार्वाही गरी मानिसकाे स्वास्थ्य जस्ताे संवेदनसिल कुरामा ध्यान दिने की ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
6
+1
1
+1
1
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार