बनियानी, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी कचनकवल गाउँ कमिटिले आज कचनकवल गाउँपालिका लाई ध्यान आकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।

स्वतन्त्र पार्टीका कचनकवल सभापति पदम सिटौला सहितको टोलीले गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीलाई राजनैतिक दलको हैसियतले ज्ञापन पत्र बुझाएको हो । पार्टीका प्रवक्ता गोपाल लामिछाने आरटिए संयोजक निरज दाहाल सहितको पार्टीका नेताहरु ज्ञापन पत्र बुझाउन गाउँपालिका पुगेका थिए ।

ज्ञापन पत्र बुझाउँदै प्रत्येक वडा तथा गाउँपालिकामा हुने राजनितिक छलफल तथा विकास निर्माणमा सहकार्यको रुपमा रचनात्मक सहयोग गर्दै खबरदारीका साथ अगाडी बढ्न लागेको पार्टीका सभापति सिटौलाले बताए । रास्वपाले बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष राजवंशीले राजनितिक संस्कार सहित कचनकवलको विकास निर्माणमा साथ र सहयोग पु¥याउन तथा खबरदारी समेत गर्न स्वतन्त्र पार्टीका नेताहरुलाई अनुरोध समेत गर्नु भएको थियो ।

उक्त अबसरमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले कचनकवललाई बिकासको बाटोमा अगाडी बढाउन सबैको साथ लिएर अगाडी बढ्ने बचन बद्दता गर्नु भएको थियो । देशकै चाथो राजनितिक दलको हैसियतले स्थानिय तहमा समेत आफु उपस्थिति रहेको जानकारी दिने उदेश्यले पार्टीका नेताहरु गाउँपालिका पुगेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार