हल्दिवारी, ११ असार । हल्दिवारी गाउँपालिका -२ बस्ने अन्दाजी ३३ बर्षिय एक युवक सर्पले टोकेर मृत्यु भएको स्थानीयले बताएका छ्न । पारोखोपी बजार बस्ने ३३ बर्षिय शम्भु राजवंशीको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।

गएराती १२ बजेतिर राजवंशी रक्सी खाएर सर्प बोकेर हिडेको अवस्थामा स्थानीयले भेटेको बताउँछन् । स्थानीयका अनुसार उनले रक्सीले मातेको शुरुमा कालो गोमन सर्पलाई पक्रेर खेलाउदै हिडेका थिए । सोही क्रममा सर्पले उनको दुवै हात, घाँटीमा डसेकाे थियाे । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको थियोे ।

स्थानीय प्रहरीका अनुसार उनको शवलाई आवश्यक छानबिन गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगीएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
10
+1
11
+1
8
+1
45
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार