इटहरी । इटहरीको मुख्य चोकमा आमा र छोरीलाई टिफरले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ । हिजाे दिउँसो ३ बजे टिपरले स्कुटरलाई ठक्कर दिँदा इटहरी वडा नम्बर ८ गैसार घर भएकी अन्दाजी ४२ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

२२ वर्षीय छोरी अंशु चौधरी गम्भीर घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको लगिएकोमा मंगलबार बेलुका छोरीको मृत्यु भएको इलाका प्रहरीले कार्यलय इटहरीले जनाएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको ट्रिप्परले ठक्कर दिएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाकाे छानबिन समिति बनाएर कडा कार्वाही गर्ने बताएका छन् । ट्राफिक प्रहरी र नेपाल प्रहरी सँग छलफल समेत गरिसकेको उनले सामाजिक सन्जाल फेसबुक मार्फत जनाएका हुन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
5
+1
0
+1
1
+1
40
+1
6

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार