फाइल फाेटाे

सुनसरी, २९ असार । सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा आज  बिहान ट्रक खसेको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो । यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको हो । प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको अनुमान गरिएको छ ।

‘पुलबाट नदीमा खसेपछि ट्रकलाई बगाएर केही तलसम्म पुर्याएको देखियो,’ घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘अहिले ट्रक देखिन छाडेको छ ।’

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो । सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए ।

ट्रक सप्तकोशीमा खस्नसाथ पुगेको प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए ।

उनका अनुसार बसका सवार रहेकाहरु भने सकुशल छन् । दुर्घटनामा परेको बसलाई कोशी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ । दुर्घटनामा परेर सामान्य क्षति पुगेको बसलाई नजिकै रहेको प्रहरी कार्यालयमा ल्याइएको छ ।  घटनास्थलमा ट्रकको खोजी गर्न नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । साभार काेशीअनलाईन

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
10
+1
0
+1
4
+1
30
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार