हल्दिबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ साविक जलथल १ मा गएराती तीन वटाको सङ्ख्यामा आएको जङ्गली हात्तीले एक घरमा क्षति पुर्याएकाे छ ।
राती करिब २ः३० मा गाउँमा पसेको जङ्गली हात्तीले स्थानीय पदमबहादुर वनको घरमा क्षति पुर्याएको हो । हात्तीले बनले वर्षभरि खान राखेको मकै, धान खाइदिएको र घरमा समेत क्षति गरेको छ।
त्यस्तै घर वरिपरी रहेको सुपारी, नरिवल, केरा जस्ता फलफूल खाई गाईबस्तु बस्ने गोठमा समेत क्षति पुर्याएको हो । पछिल्लो समय हल्दिबारीमा चारकोसे जङ्गलबाट जङ्गली हात्ती पटक–पटक बस्तीमा पसेर मानिसको ज्यान तथा धनमालको ठूलो क्षति पुर्याउदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
2
+1
14
+1