नेकपा एमाले निकट बिद्यार्थीहरुको सङ्गठन अनेरास्ववियुले जनसमुदाय स्तरमा अपिल गरेको छ । केही दिन देखि जनस्तरमा महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने र डेंगु संक्रमण रोग बाट बच्न र जानकार रहन सबैलाई अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले अपिल गरेको हो।

गाउँकमिटीको लेटर प्याडमा अपिल गर्दै कमिटीका अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको पत्रमा महामारी बारे जानकार,सचेत हुन र स्वास्थ्य शाखालाई महामारीको बारे सचेतना फैलाउन समेत अपिल गरेको छन।

आँखा पाक्ने र डेंगु दुबैको सचेतना बारे अनेरास्ववियुले पोस्टर पम्पलेट पनि सार्वजनिक गरेर जनसमुदायलाई महामारी बाट बच्न अपिल गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार